पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने

काठमाडौँ- चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ ।
महाशिवरात्रीको अवसर पारेर ‘मायावी’ फागुन १४ गते रिलिज गरिन लागिएको हो ।
आइतबार राति पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले मायबीको रिलिज डेट घोषणा गरेको हो । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको थियो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईंलाइ देखाइएको छ । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर देख्न सकिन्छ ।
पोस्टरमा पलको आँखामा आँशु देखिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन छ । उनीहरूको मुहारले सिनेमामा पल र दीपिका प्रेमी–प्रेमिकाको भूमिकामा रहेको र बिछोडको अवस्थामा पुगेको संकेत गरेको देखिन्छ ।
‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया