पुष्पाः २ को टिकट बुकिङ आक्रमक, सबै रेकर्ड तोडिने

मुम्बइ - अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ले रिलिज अगावै रेकर्ड बनाएको छ । अग्रिम बुकिङका हिसाबले फिल्मले नयाँ बेन्चमार्क सेट गरिरहेको छ ।
टिकट बुकिङ सुरु भएको एक दिनमै चलचित्रले अग्रिम टिकटमार्फत कीर्तिमानी कमाई गरेको छ । अहिलेसम्म फिल्मको ३.५ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ । यो संख्या निरन्तर बढिरहेको छ ।
‘पुष्पा २: द रुल’ को अग्रिम बुकिङले व्यापारिक पण्डितहरु अचम्ममा परेका छन् । अहिले सम्म बिक्री भएका टिकटको संख्याले दर्शकमा फिल्मको लागि निकै क्रेज रहेको देखाउँछ । सकनिल्कका अनुसार यो समाचार तयार पार्दासम्म फिल्मको ३५३९०८ टिकट बिक्री भइसकेको छ ।
अर्थात् अहिलेसम्म करिब ३.६ लाख टिकट बिक्री भइसकेको छ । भारतमा फिल्मले अग्रिम बुकिङमार्फत अहिलेसम्म १०.६ करोडभन्दा बढी कमाइसकेको छ ।
डिसेम्बर ५ मा रिलिज हुन लागेको यो फिल्मले रिलिज अघि नै १००० हजार करोड कमाइ गरेर किर्तिमान कायम गरिसकेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया