‘पुष्पा २: दी रूल’को टिकटमा वृद्धि

मुम्बई- बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २: दी रूल’ रिलिज हुन अब तीन दिन मात्रै बाँकी छ ।
यस्तो अवस्थामा यो फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन् । सबैजना फिल्म रिलिजको पर्खाइमा छन् तर अब भने फिल्मको रिलिजले दर्शकको खल्तीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
‘पुष्पा २’ को टिकट महँगो भएकाले जनताले ठूलो रकम तिर्नुपर्ने स्वभाविकै हुन पुगेको छ ।
चलचित्र ‘पुष्पा २: दी रूल’ को टिकट मूल्य ह्ववात्तै बढेको छ । वास्तवमा, फिल्मको टिकट मूल्य बढाउने कुरा सुनिएको थियो तर सायद २ हजार रुपैयाँ नाघ्छ भन्ने मानिसले सोचेका थिएनन् ।
दिल्ली र मुम्बईका केही थिएटरमा हिन्दीमा यो फिल्म हेर्नका लागि मानिसले २ हजार रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको भए पनि टिकटको मूल्य वृद्धिले दर्शकको खल्तीमा प्रत्यक्ष असर पारेको छ ।
उल्लेखनीय छ, ‘पुष्पा २: दी रूल’ लाई लिएर मानिसमा फरक उत्साह छ र फिल्मको बढ्दो मागलाई मध्यनजर गर्दै अधिकांश स्थानमा यसको टिकटको मूल्य प्रिमियम रहेको छ । यस मामिलामा दिल्लीको पिभिआर निर्देशकको कट सबैभन्दा अगाडि छ, जहाँ हिन्दी टु डी संस्करणको टिकटको मूल्य २४०० रुपैयाँ तोकिएको छ ।
मुम्बईको पीभाआरः जिओ वर्ल्डमा यसको टिकट मूल्य २१ सय रूपैया तोकिएको छ । तर यी प्रिमियम थिएटरहरू हुन्, जहाँ टिकटको मूल्य सामान्यतया नियमित भन्दा बढी हुन्छ।

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

सङ्गीतकार तथा कवि नन्दनको निधन

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

प्रतिक्रिया