कैदीबन्दीलाई भोटेकोसी गाउँपालिकाका अध्यक्ष शेर्पाको सहयोग

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक कारागारमा रहेको कैदीबन्दीको लागि भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्पु शेर्पाले आवश्यक सामाग्री सहयोग गरेका छन् ।
जाडो मौसम बढेसँगै कारागारमा रहेको कैदीहरूको लागि शेर्पाले ३ लाख बराबरको किचेन सामाग्री सहयोग गरेको जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
सोमबार जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोकमा एक कार्यक्रमको आयोजना गरेर उनले ८ लिटरको प्रेसर कुकर,१२ लिटरको प्रेसर कुकर, इलोक्ट्रोनिक जग, स्ट्यान्ड फ्यान (५ ब्लेड ), ३२ इन्च्को टिभी, पानी फिल्टरको लागि फिल्टर बक्स, प्लास्टिकको कुर्सी, प्लास्टिक टेबल गरि ३ लाख ७४ हजार रूपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।
'मैले मेरो व्यक्तिगत सहयोगले कारागारमा सहजता होस् र जाडोको मौसम भएकाको कैदीबन्दीलाई केही राहत पुगोस् भन्ने उदेश्यले सहयोग गरेको हुँ' सहयोग सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले भने 'यो मेरो व्यक्तिगत सहयोग हो ।'
सरकारलाई सहयोग गर्दा केही सहजता पुग्ने भएकाले सहयोग गरेको अध्यक्ष शेर्पाले बताए ।
'मैले गरेको सानो सहयोगले जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोकलाई र कैदीबन्दीलाई थोरै भएपनि यसले मद्दत पुग्छ, हामीले सबै मिलेर यस्ता आवश्यक सहयोग गरे कार्यालयलाई समेत सहजता पुग्छ' उनले थपे ।
जिल्ला कारागार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकले भने यस्तो सहयोगले कार्यालयलाई सहज हुने भन्दै अध्यक्ष शेर्पालाई धन्यवाद दिए ।

पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहका चार पक्राउ

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

प्रतिक्रिया