आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

प्रतिनिधि सभा विघटनविरुद्धको रिटको फैसला असार २८ गते आउने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटको फैसला असार २८ गते आउने भएको छ । विघटनविरुद्ध परेका रिटमाथिको बहस आज सकिएको र रिटको फैसला असार २८ गते आउने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 

एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका हुन् । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।