कोभिडले एक हजार बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु

जकार्ता : कोभिड-१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ ।
इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड-१९ को सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकमीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन् ।
मे महिनामा ईद-उल-फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा कोभिड १९ को महामारी बढेको थियो र अधिकांशस्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो ।
यसैबीच, कोभिड- १९ बाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन ।उनीहरूले महामारीका कारण वृद्धि भएका विरामीको रेखदेख गर्न आफुले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको परताकुसुमाले बताए । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया