संसद्का ६ वटा समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्को ६ वटा समितिका बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा हुनेछन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.ब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयकको सबन्धमा बन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ । बिहान ११:३० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुदैछ । सो बैठक बिहान ११:३० बजे बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकको अजेन्डामा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने गरी तय गरिएको छ । बिहान ११:०० बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ । जुन बैठक बिहान ११:३० बजे बस्नेछ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया