बेलायतका स्वास्थ्य उपमन्त्री गिन्ने र कोइरालाबीच भेटवार्ता‚स्वास्थ्य क्षेत्र सुधारको विषयमा छलफल

काठमाडौँ - बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायती स्वास्थ्य उप-मन्त्री एन्ड्रु गिन्नेसँग भेटवार्ता गरेका छन् ।
वरिष्ठ नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारी अनुसार उनीहरूबीच संसद भवन (हाउस अफ कमन्स)मा भेट भएको हो ।
भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको थपलियाले जानकारी दिए । कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरेको उनले बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया