राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति गलत :प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति उचित नभएको बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले दलहरूले दुई तिहाई बहुमत ल्याउँदा पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भयो भन्ने प्रवृत्ति उचित नभएको बताएका हुन् ।
अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत बहुमत ल्याउनबाट नरोकेको उनले बताए । सरकार अस्थिर भएका कारणले प्रणाली फेर्नुपर्छ भन्ने तर्क उचित नभएपनि निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले समावेशी–समानुपातिक प्रतिनिधित्वलाई कानुनले कमजोर बनाएको नभइ दलहरूले उम्मेदवार चयन गर्दा नै ध्यान दिन नसकेकाले गुनासो आउने गरेको धारणा राखे । त्यस्तै थपलियाले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेमा जोड दिए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया