दुई करोडमा नारायणी अस्पतालको कोभिड केन्द्रित भवन बन्दै

काठमाडौँ : नारायणी अस्पतालले कोभिड केन्द्रित भवन निर्माणका लागि दुई करोड १६ लाख रुपैयाँमा ठेक्का लागेको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा ६६ शय्याको कोभिड डेडिकेटेड अस्पताल निर्माणको जिम्मा विनोद शाह-वनशक्ति जेभीले पाएको छ ।
अस्पताल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । यो कम्पनीले दुई करोड १६ लाख रुपैयाँमा कबोल गरेपछि ठेक्का पाएको हो । तत्काललाई ७० फिट चौडाइ र १ सय १० फिट लम्बाइ भएको अस्पताल भवनको भुइँतला निर्माण अस्पतालले जानकारी दिएको छ । पछि तीनतले भवन निर्माण हुन सक्ने खालको बनाउने तयारी छ ।
कोभिड-१९को पहिलो र दोस्रो लहरमा समेत वीरगन्ज हटस्पट बनेको र यहाँ बारा, रौतहट, सर्लाही र महोत्तरीसम्मका कोभिड बिरामी आउने गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले अस्पतालमा पीआइसीयु निर्माण गरेको हो । यो कक्षमा ३० शय्याको छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया