पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखी देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो ।
एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुबिधा पाउनेछन् ।
कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसंग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।
बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् । बिक्री पछिको सेवा र चार्जिङ पूर्बाधारको विकासमा साइमेक्स इंकले पु¥याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया