प्रोटनको इभी कार नेपाली बजारमा ल्याउने तयारी

काठमाडौँ- जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।
प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिससमा पनि इमास ७ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।
प्रोटन इमास ७ ले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।
यी मूल्याङ्कनहरूले इमास ७ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ । शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनिले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।
हाल नेपालमा इभी बजार आकर्षित भएको समयमा इमास ७ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया