संविधानका आधारभूत विषयहरूलाई चलाउन हुन्न : महामन्त्री थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन् ।
मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन् ।
उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।
महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसँग देश चलाउन सक्ने बताए ।
थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको समुन्नतिका लागि काम गर्नुपर्ने बताए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया