अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित - गृहमन्त्री लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको समेत बताए ।
आफू जातीय विभेद र छुवाछुत विरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको उनले बताए ।
उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको उल्लेख गरे । गृहमन्त्री लखेकले अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको भन्दै उनले कानुनलाई अक्षरस पालना गराउनु आफ्नो कर्तव्य रहेको धारणा राखे ।
उनले उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन समेत सार्वजनिक गरिसकेको स्पष्ट पारे । उनले सत्यन्द्रकुमार र नेहाको पूणरुपमा सुरक्षाको प्रत्याभूत गरिने र कही त्रुटि देखिए छानबिन र कारबाही गर्ने प्रतिबद्धता जनाए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया