अमेरिकाबाट जोनसन एण्ड जोनसन सोमबार आइपुग्ने, एक डोज लगाए पुग्ने यो खोप कसले पाउँछ ?

काठमाडौँ : अमेरिकाद्वारा सहयोग प्राप्त हुने जोन्सन एण्ड जोन्सनको 'जान्सिन' खोप सोमबार ल्याइने भएको छ । बिहान ११ बजे कतार एयरवेजको नियमित उडानमा खोप आउने भएको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।
सरकारले १५ लाख खोप कस्ता-कस्ता मानिसलाई लगाइने भनेर निर्णय गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने विषयमा छलफल भइरहेकाले पनि कुन उमेर समूहका मानिसलाई खोप लगाइन निर्णय नभइसकेको खोप महाशाखाका प्रमुख डा. झलक शर्माले बताए । उक्त कम्पनीको 'जान्सिन' खोप एक डोज मात्र लगाए पुग्छ ।
कोभिड-१९ व्यवस्थापन समितिले खोप लगाउने सूची तयारी गरिसकेकाले प्राथमिकतामा लगाइने भएको छ । ६० वर्षदेखि माथिका मानिसलाई पनि खोप लगाइसकेकाले अब भने त्यसभन्दा तलका उमेर समूहलाई खोप लगाउन सकिने डा. शर्माको भनाइ छ ।
'५५ वर्षको माथिकाहरू नै पहिलो प्राथमिकतामा पर्ने भएका छन्,' शर्माले भने,' शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई लगाउने विषयमा छलफल भएको छ । खोप समितिमा वैदेशिक रोजगारमा जानेलाई पनि लगाउन सकिन्छ । तर सबै कुराहरू छलफलको चरणमा रहेको छ ।'
नेपालमा हालसम्म ६० वर्षदेखि ७५ वर्ष माथिकाले खोप लगाइसककेका छन् । फ्रन्टलाइनरको रुपमा काम गर्ने स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, होटलमा काम गर्नेहरू, सफाइकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी समेतले खोप लगाएका छन् ।
गत वर्षको माघ १४ देखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । पहिलोपटक भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख कोभिसिल्ड खोप लगाएको थियो । त्यसको केहि दिन लगत्तै १० लाख खोप खरिद गरेको थियो । एक लाख खोप भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको थियो ।
चीनले पनि अनुदान स्वरुप भेरोसेल १८ लाख डोज उपलब्ध गराइसकेको छ । कोभ्याक्सबाट तीन लाख ४८ हजार खोप आएको थियो । नेपालले चीन सरकारसँग खरिद गरेको खोप शुक्रबार नेपाल ल्याइएको छ । पहिलो चरणमा आठ लाख खोप आएको छ । साउन ८ गतेसम्मा नेपाल एयरलायन्सको तीन वटा उडानबाट चीनबाट खरिद गरेको सबै खोप ल्याउने भएको छ ।
अहिलेसम्म सरकारले कति मूल्यमा खोप खरिद गरेको खुलाएको छैन । नन डिसक्लोज एग्रीमेन्ट अनुसार खोप खरिद गरेकाले मूल्य खुलाउन नमिल्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताउँदै आएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया