नेपालमा थप १,८३१ जनामा कोभिड संक्रमण

काठमाडौँ : नेपालमा आइतबार थप १,८३१ जनामा कोभिड पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३५ पीसीआर परीक्षणका क्रममा एक हजार दुई सय ३७ र तीन हजार ६ सय ८३ एन्टीजेन परीक्षणका क्रममा पाँच सय ९४ जनामा कोभिड पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । त्यस्तै, कोरोना कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोभिडबाट थप १५३३ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १९ हजार आठसय ९४ जना कोभिडमुक्त भएका छन् । हाल २६ हजार १७३ सक्रिय संक्रमित आइसोलेसनमा छन् भने ३०४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख १५ हजार ४७५ वटा पीसीआर र २ लाख ३४ हजार ७७७ वटा एन्टीजेन परीक्षण गरिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया