रौतहटमा फेरि अर्को वडा अध्यक्षको निधन

रौतहट - रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामयिक निधन भएको छ ।
लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा
लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरूको निधन भएको छ ।
लामो समय रिक्त रहेको उक्त तीन वटै वडाहरूमा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया