६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

राजविराज- राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो । औषधि पसलबाहेक सबै पसल बन्द गराएको संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ ।
संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोबास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया