कोभिड-१९बाट ज्यान गुमाउनेहरू : बागमतीमा सबैभन्दा धेरै, कर्णालीमा थोरै

काठमाडौँ : बागमती प्रदेशमा ४ हजार १४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ५६३ जनाको मृत्यु भएको छ । प्रदेश १ मा एक हजार २६५ जना संक्रमितको मृत्यु ,गण्डकीमा ९६८ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ मा ७३५ जना संक्रमितको मृत्यु, सुदुरपश्चिममा ४४१ जना संक्रमितको मृत्यु भएको छ ।
कर्णालीमा ४०५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको जम्मा संख्या नौ हजार ३८२ पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया