आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

खोप कूटनीति : विदेशी राजदूत सक्रिय, हाम्रा कहाँ छन् ?

काठमाडौँ :  अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्‍ने कोभिड-१९विरुद्धको खोप उपलब्ध गराउन लागेको छ । यसका लागि डीसीस्थित नेपाली राजदूतको कुनै मेहनत परेन । काठमाडौँस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीको भित्री सहकार्य र बुझाइका कारण यो खोप आउन लागेको परराष्ट्र अधिकारीको धारणा छ ।

नेपालमा आफ्नो कार्यकाल सकेर फर्कने समयको पखाईमा रहेका राजदूत बेरीले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा अमेरिकालाई फरक ढंगले प्रस्तुत गरेको दुख पोखिरहेका छन् । तर, उनै बेरीको सक्रियताले एकै पटक १५ लाख जनालाई पुग्‍ने खोप साेमबार काठमाडौँ  ल्याइनेछ । नेपालमा खोप आउने आधारिक धारणा पनि राजदूत बेरीले नै बाहिर ल्याएका थिए ।  

अमेरिकी राजदूत बेरीले दूतावासको पेजमा लेख्दै भनेका छन्,‘आउने केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्‍नेगरी कोभिड-१९ खोप अनुदानमा उपलब्ध गराउँदैछ ।’

खोप सोमबार बिहान साढे नौ बजे सरकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिकाले जोन्सन एण्ड जोन्सनको कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन लागेको हो । यो खोप एक डोज लगाए पुग्छ । जसका कारण छिमेकीद्वय चीन र भारतले दिएकाे कुल सहयाेगभन्दा पनि बढी हाे । भारतले ११ लाख र चीनले १८ लाख खाेप अनुदानमा दिएको हाे । याे २९ लाख खोप १४ लाख ५० हजारले लगाउन पाए । किनकि हरेकलाई दुई डोज दिनुपर्छ ।

अमेरिकाले नेपाललाई १५ लाख जोनसोन एण्ड जोनसोनको खाेप १५ लाखलाई नै दिन मिल्छ । कतार एयरवेजको नियमित उडानमा नै उक्त खोप नेपाल ल्याइन लागेको हो । ‘नेपाल अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो’, उनले भाभुकता पोखेका छन् । यसबाट के देखिन्छ भने यहाँ रहेको राजदूत वा सम्बन्धित मुलुकमा गएको राजदूतको तारतम्य मिले सहकार्य हुन्छ ।

अमेरिकामा भएका राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रले काम गरेर नेपललाई खोप आउन लागेको बताएका छन् । खोपका लागि लविङ गर्नै पर्ने समयमा अमेरिकामा रहेका नेपाली राजदूत आफ्ना अवैतनिक दूत भेट्दै घुम्दै हिँडिरहेका थिए । यद्यपि अ‍मेरिकाले यस्तो धारणा ल्याएको छैन ।

‘अमेरिका सधैँ नेपालीको साथमा छ र नेपालीको जीवन स्तर सुधारमा निरन्तर काम गरिरहनेछ,’ बेरीले भनेका छन् । त्यतिबेला दक्षिण एशिया हेर्ने डेक्स र नेपाललाई माया गर्ने सांसदहरू भेटेर खतिवडाले लविङ गर्नै पर्ने थियो । तर, त्यसो नहुँदा बेरीले यताबाट निकै पहल गरे । अन्तत: उनले खोप ल्याए । नेपाललाई माया गर्ने एक कूटनीतिज्ञ यहाँ रहेका कैयन नेताभन्दा माथि हुन्छन् । यद्यपि परराष्ट्रले आफ्नो मिसन सक्रिय बनाउन नसकेपछि यहाँबाट लविङ गरेको हो । 

बेइजिङस्थित राजदूत सक्रिय 

परराष्ट्रले आफ्ना पूर्वपरराष्ट्रमन्त्री रहेको बेइजिङस्थित दूतावाससँग भने मज्जासँग सहकार्य गरेर चीनबाट बिचौलिया बिना नै खोप खारिद गरेको छ । चीनसँगको खोपको मूल्य बाहिर नल्याए पनि निजी क्षेत्रसँग भन्दा सस्तो पर्ने धारणा बाहिर ल्याइएको हो ।

परराष्ट्र मामिलाका जानकारहरूका अनुसार यसरी नियाल्दा परराष्ट्र मन्त्रालयले आफ्नो ढंगले काम गर्दा र बिचौलिया प्रभाव कम गराउन सक्दा कूटनीतिमा पनि राम्रो नतिजा आउने देखिन्छ । यसको उदाहर हो- चीनसँग खोप खरिद र अमेरिकासँगको अनुदानको खोप ।

राजदूत सक्रिय हुन नसक्दा भारतबाट ल्याइने खोपको अवस्था के छ ? बेलायतबाट आउने भनेको खोपको अवस्थ के छ ? यसबाट स्पष्ट हुन्छ । रसियाबाट खरिद गर्ने पनि त्यसै अड्केको छ । बेलायतबाट आउने खोप पनि अलमलमा छ । यस्ता विषयमा कूटनीतिक सक्रियता बढाउन मन्त्रालयले आफ्ना राजदूतलाई समय सीमा तोकेर 'टाक्स' दिनु पर्ने  जानकाहरू बताउँछन्, 'होइन भने निकम्मा राजदूतलाई फिर्ता बोलाए हुन्छ ।'

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता