शनिबार ३१ साउन, २०८२
Saturday, August 16, 2025

पाँच सयभन्दा बढी कारसहित नेपालमा प्रभुत्व जमाउँदै नामी

काठमाडौं – डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले  नेपालको  सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन:परिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिएकाे छ।

परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो–थीम कार्यक्रममार्फत डेब्यू गर्‍यो। ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ। कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गर्‍यो ।

नामीले आज यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ।एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड–न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो।देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ।