शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

शहीद स्मारक ‘बी’ डिभिजिन: च्यासल र वीरगंज युनाइटेडले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं - शहीद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको उद्घाटन खेलमा च्यासल र वीरगंजले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले अंक बाँडेका हुन् ।

लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । जसमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेका छन् ।

सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ ।  प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।