रोयल इनफिल्ड इन्डियाको स्लाइड स्कूल रेसिङ ट्रेनिङमा अल्फा अटोमोटिभका कार्ट हेडको सहभागिता

काठमाडौं- नेपाली बाइकप्रेमी र अफ–रोड रेसिङप्रति रुचि राख्नेहरूका लागि खुसीको खबर ,नेपाली युवक दिपेश श्रेष्ठले जो हाल अहिले अल्फा अटोमोटिभका कार्ट हेडका रुपमा कार्यरत छन् । उनी भारतको रोयल इनफिल्ड स्लाइड स्कूल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भई नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ
उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनवरी २५–२६ मा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा दिपेशले बाइक नियन्त्रण, क्र्यास म्यानेजमेन्ट, अफ–रोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाए । उनले रोयल इनफिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू–भागमा अभ्यास गर्दै, माटो र फ्याल्ट ट्र्याकमा कसरी
उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने बुझ्न सके।
प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो । नेपालमा अफ–रोड रेसिङको भविष्य सम्भावनायुक्त छ ।
दिपेश जस्ता युवाहरूको उत्साहले यो खेललाई अझै व्यावसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने आशा गर्न सकिन्छ ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया