अहिलेको संविधान निकै राम्रो - सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका छन् ।
नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका हुन् ।
उनले अहिलेको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे । पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा अहिलेको कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ ।
त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए । ..
कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रतिक्रिया