'सिन्धुपाल्चोकमा समातिएको ७४० वटा भेप भाटभटेनीका मालिक मीनबहादुर गुरूङको'

काठमाडौँ- भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक समातिएपछि संसदमा प्रश्न उठेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद हरि कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परेपछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।
प्रहरी चेकपोस्ट खुर्सानीबारीमा मंगलबार राति खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो ।
ना.६ ख ५४९६ नंम्वरको ट्रकबाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अवैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।
सोही सबाललाई लिएर संसदमा प्रश्न उठेको हो । एमालेका जग्गा दाता मीनबहादुर गुरूङको सामान लिएर आएको ट्रकमा अवैध भेप भेटिएको छ, जग्गा दाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगरियोस भन्न चाहन्छु’ झाले भने ।
उता, माओवादी सांसद कार्कीले पनि सो बिषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ’ उनले भने ।
बरामद भएका सामग्रीसहित चालक भोटेकोसी गाउँपालिका- २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया