भेपसहित समातिएको कन्टेनरमा भाटभटेनीको सामान भएको पुष्टि, सामान लिन दिए निवेदन

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा विद्युतिय चुरोट (भेप)सहित समातिएको कन्टेनर भाटभटेनी सुपरमार्केटको रहेको पुष्टि भएको छ ।
शुक्रबार भाटभटेनी सुपरमार्केटका कर्मचारीले पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा पुगेर सामान लिनका लागि निवेदन दिएका छन् ।
कन्टेनरको सामान भाटभटेनी सुपरमार्केटको रहेकाले सामान लैजानका लागि प्रतिनिधि आएर निवेदन दिएको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार कन्टेनर खुला गर्न केही समय लाग्छ । कन्टेनर खुला गर्नुपर्ने कर्मचारी बाहिर रहेकाले अहिलेसम्म खुलेको छैन ।
'भेप कसको भनेर अहिलेसम्म खुलेको छैन, तर कन्टेनरमा भएको सामान लिन भाटभटेनी सुपरमार्केटले निवेदन दिएको छ' स्रोतले इकागजलाई भन्यो ।
बिहीबार राति ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उक्त ट्रकलाई प्रहरीले ७४० थान भेपसहित नियन्त्रणमा लिएको थियो ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया