४७७ किलो गाँजासहित एक जना पक्राउ

धनुषा- लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् ।
मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

भारतीय स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्जमा ‘कथाकली’ नृत्य
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

बलान नदीमा डुबेर बालक बेपत्ता
मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

बसको ठक्करबाट मृत्यु

प्रतिक्रिया