बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

काठमाडौँ- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले त्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईसीई सार्वजनिक गरेको छ । राजधानीमा सोमबार आयोजित एक समारोहबीच कम्पनीले उक्त दुई गाडी सार्वजनिक गरियो ।
नेपाली ग्राहकको आवश्यकताअनुसार क्रेटा इलेक्ट्रिक र आईसीई दुवै मोडलमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । क्रेटा ईभीको प्रारम्झिक मूल्य ५१ लाख ९६ हजार र त्रेटा आईसीई ५३ लाख ९६ हजार रुपैयाँ छ । उक्त मूल्य सन् २०२५ मा नेपालमा आयात गरिने आईसीई मोडलको तुलनामा करिब ९ लाख रुपैयाँसम्म कम रहेको कम्पनीले बताएको छ । यी दुवै मोडलमा आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र आरामदायी यात्राको अनुभव गर्ने विशेषता रहेको कम्पनीको दाबी छ ।
क्रेटा ईभीमा २ सय एमएम ग्राउन्ड क्लियरेन्स, १७ डिग्री ब्रेक ओभर एंगल, ११ किलोवाट एसी चार्जिङ, चार घण्टामा पूरै चार्ज गर्न सकिने, एड्भान्स सेफ्टी फिचर, ६ वटा एयर ब्याग र ३६० डिग्री क्यामेरा जस्ता विशेषता रहेको कम्पनीले बताएको छ । उक्त अवसरमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको पनि विशेष उपस्थिति थियो ।

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

प्रतिक्रिया