भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौँ- भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । संघद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ भने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिए ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

प्रतिक्रिया