ग्रामीण सडक मार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी- मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ ।
विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो ।
सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।
यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख लागतमा स्तरोन्नति भएको थियो ।

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

बागलुङ र पर्वतमा साढे ९९ हेक्टरमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

तनहुँमा उद्योग दर्ता घट्यो

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

प्रतिक्रिया