सवा ९ लाखको सामानसहित एक जना पक्राउ

रौतहट- रौतहटस्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको विभिन्न किसिमका भन्सार छलीको सामानसहित एक जना पक्राउ परेका छन् । ६ सवारी साधनसहित एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस महिनाको १३ दिनभित्र १३ जना फरार प्रतिवादी पनि पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले यही चैत्र १ देखि हिजो १३ सम्म भन्सार छलीको सामानबाट कुल ९ लाख २३ हजार १८० रुपैयाँ राजस्व संकलन गरेको हो।
उक्त भन्सार छलिको सामान ल्याउन प्रयोग गरिएको मोटरसाईकल ४ थान, अटो रिक्सा १ थान, स्कुटी १ थान सहित १ जना तस्करलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।
त्यसैगरी सोही अवधिमा फैसला कार्यान्वयन अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट २६ जना फरार प्रतिवादी र विभिन्न मुद्दाको फरार ८ अभियुक्त गरी ३४ जनालाई पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिएका छन्।
तोकिएको दण्ड जरिवाना असुल गर्न पक्राउ परेका २६ जना प्रतिवादीलाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको तथा विभिन्न मुद्दाका ८ जना अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्र र फरार प्रतिवादी पक्राउ अभियानले जिल्लास्थित संस्थागत तस्करी पूर्ण रुपमा नियन्त्रण भएको छ भने प्रतिवादी पक्राउ परेका छन्। खुला सिमानाको कारण झोले पोके तस्करी भने पूर्ण नियन्त्रण हुन नसकेको देखिएको छ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया