मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

आज समाजवादी मोर्चा र राजावादीको प्रदर्शन, ३५ सय प्रहरी परिचालन

काठमाडौँ- काठमाडौँमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।

नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौँमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि विभिन्न ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ ।

राजावादीहरूले तीनकुनेमा प्रर्दशर्न गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् ।

जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले योजना बनाएको जनाइएको छ भने सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् ।

साथै,  प्रदर्शन स्थलमा भने एसपी अपिल बोहराले खटाउने गरी सुरक्षा ब्यवस्था गरिएको छ ।