प्रधानमन्त्री ओलीले दिए ईदको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।
“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।”
इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएका वामदेवले पाए समाजवादीमा तेस्रो वरियताक्रम

दुई समितिको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष द…

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

प्रतिक्रिया