शनिबार २३ चैत, २०८१
Saturday, April 05, 2025

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

काठमाडौ‌ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award), एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र टप २० स्टोर अवार्ड (Top 20 Store Award) प्राप्त गरेको छ ।

यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरुलाई सम्मानित गरियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे । नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड (2024 Outstanding Marketing Dealer Award) प्राप्त ग-यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड (2024 Best Sales Growth Dealer Award) प्राप्त गरे ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भने ।

‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रुपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरुलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रुपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भने ।

साइमेक्स इंकले आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरुलाई निरन्तर विश्वास र समर्थनको लागि कृतज्ञता व्यक्त गरेको छ । नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने साइमेक्स इंक प्रा.लि. को अपेक्षा रहेको छ ।

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम

बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो य…

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहय…

यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न

मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न

रोयल इनफिल्ड इन्डियाको स्लाइड स्कूल रेसिङ ट्रेनिङमा अल्फा अटोमोटिभका कार्ट हेडको सहभागिता

रोयल इनफिल्ड इन्डियाको स्लाइड स्कूल रेसिङ ट्रेनिङमा अल्फा अटोमोटिभका कार्ट हेडक…

नेटा ‘NETA’ले आइआइएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

नेटा ‘NETA’ले आइआइएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति …