म्यान्मा भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसंघ

जेनेभा- संयुक्त राष्ट्रसङ्घ (युएन) ले म्यान्मामा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।
चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन । यद्यपि, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक मार्कोलुइजी कोर्सीले भने,“हामीले हालसम्म कुनै सहायता अवरोधको अनुभव गरेका छैनौं । वितरण कार्य जारी छ ।”
म्यान्मामा भइरहेको गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप जटिल बनेको छ । सैनिक प्रशासनले सहायता वितरणमा अवरोध पुर्याएको भन्ने आरोपहरू आए पनि संयुक्त राष्ट्रसङ्घले हालसम्म कुनै ठोस प्रमाण नदेखिएको जनाएको छ ।
“विनाश ठूलो छ, आवश्यकताहरू तीव्र गतिमा बढिरहेका छन्,” संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेप) का उपप्रतिनिधि जुलिया रिसले भने ।“स्वच्छ पानी, खाद्य सामग्री र औषधिको चरम अभाव छ । राहत नपुगे धेरैको जीवन सङ्कटमा पर्नेछ ।”
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का प्रवक्ता बाबर बलोचले उद्धार टोलीहरूले सबैभन्दा जोखिममा रहेका समुदाय पहिचान गरिरहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा रहेका विस्फोटक पदार्थहरूको खतरा पनि रहेको बताए ।
यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्था (आइआरएफसी) ले तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन् कठिन बनेको उल्लेख गरेको छ । आइआरएफसीले झन्डै एक लाख प्रभावित व्यक्तिलाई सहयोग गर्न १०० मिलियन स्विस फ्र्याङ्क (११३ मिलियन डलर) सहयोग सङ्कलन अभियान थालेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, भूकम्पअघि नै म्यान्मामा २० लाख मानिसलाई मानवीय सहायता आवश्यक थियो, जसमा ६.५ लाखभन्दा बढी बालबालिका थिए । अहिले यो सङ्ख्या पाँच लाखभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता कार्यक्रमका लागि यस वर्ष १.१ अर्ब डलरको अनुरोध गरेको थियो, तर हालसम्म जम्मा पाँच प्रतिशत मात्र प्राप्त भएको छ । राहत सङ्कलन अभावका कारण उद्धार कार्य सुस्त भइरहेको अधिकारीहरूले बताएका छन् । (एएफपी)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_pnCzJmV2es_eqebzwuzn9s3zyrmc3bjdnscb9rdfloqaewa8raosfqiowq35gdkw2kiharf.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_5PP2uyktyv_tge1wkeeteiblre4anxb2hm4jovvhahkifaajsi9xsg4r25mhcmd8wd9c7ml.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया