आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
गत बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीलाई वार्ता र संवादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाप्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन् ।
विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् ।
हिजोबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधबारदेखि शिक्षक कर्मचारीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएको भोलिपल्ट मन्त्रालयले वार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

प्रतिक्रिया