१५ दिनमा ६०० आक्रमण : २५० हमासका सैनिक मारिएको इजरायलको दाबी

तेलअहिव- गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो ।
दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । पहिलो आक्रमणमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । युद्धविराम तोड्नुको कारण हमासले बन्धक फिर्ताको दोस्रो चरणमा सुरुमा अनिच्छुक देखाएको थियो।
इजरायली सेनाले हमासका लक्ष्यमाथि जमिन, हवाई र जलमार्गबाट लगातार तीनतर्फबाट आक्रमण गरिरहेको छ । आइडिएफ प्रवक्ता बीजी एफी डेफ्रिनले पुनः सुरु गरिएको अपरेशनको बारेमा जानकारी साझा गरेका छन । उनका अनुसार यसबिचमा ६०० आतंककारीहरूको लक्ष्यमा आक्रमण गरिएको छ, जुन आक्रमणमा परी २५० भन्दा बढी हमासका कार्यकर्ता मारिएका छन् ।
उनका अनुसार जसमा हमास राजनीतिक दलका एक दर्जन वरिष्ठ नेताहरू सामेल छन्। पहिलो दिनमै ६० आतङ्ककारी मारिएको दाबी गरिएको थियो । एफी डेफ्रिन भन्छिन्, ‘हामी हाम्रो योजना अनुसार हाम्रो अपरेशन गर्दैछौं। हाम्रा बन्धकहरूलाई मुक्त नगरेमा मात्र यो अपरेशन रोकिने छैन्।’
त्यसो त अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १२०० इजरायली नागरिक मारिएका थिए। हमासले २५१ जनालाई बन्धक बनाएर गाजा पट्टीमा लगेको थियो । ५९ बन्धकहरू अझै हमासको हिरासतमा छन्। बन्धकहरूको रिहाइका लागि मात्र हमाससँग युद्धविराम भएको थियो। तर, यस बिचमा युद्धविराम पनि तोडिएको छ ।
पहिलो चरणमा हमासले ३३ बन्धकहरूलाई रिहा गरेको थियो भने बदलामा इजरायलले १९०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। पहिलो चरण मार्च १ मा सम्पन्न भएको थियो। तर, दोस्रो चरणको वार्ता अघि बढ्न नसके पछि इजरायलले हमला जारी राखेको हो ।हमासले वार्तामा आफ्नो नयाँ माग राखेको छ कि दोस्रो चरणको युद्दबिराम गर्नु अघि हमासले गाजाबाट सम्पूर्ण इजरायली सेना फिर्ता गर्न सुरु नगरेसम्म एक जना पनि बन्धकलाई रिहा गरिने छैन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x1JBAGxkZk_lhf78ft1z3nhfdkue3ueejmb38pj1r5wm5gdcrhonltf8lbu8nh2ausbrrwk.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_O5YQUOvKDm_rlyqaiph8hhzg8ojylxokiiz98we3pkvs0d6l4uyininafzjvan9pazsij89.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया