सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित

बन्दीपुर (तनहँ)- तनहँको बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् ।
बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् ।
बन्दीपुर– ५ कोरीखाका लीलाबहादुर गुरुङले विसं २०७३ सुरु गरिएको घरबास (होमस्टे) यही बाटोका कारण सञ्चालनमा समस्या हुने गरेकामा अब त्यो समस्या हटेको भन्दै खुसी व्यक्त गरे । अब नयाँ वर्षको सुरुआतीसँगै घरबास नियमित सञ्चालन गरिने उहाँले बताउनुभयो । “पहिले यहाँ आउन राजमार्गबाट ४५ मिनेट लाग्ने गरेको थियो, हाल १० मिनेटमै पुग्ने अवस्था बनेको छ । जसले गर्दा अब पाहुना बढ्ने विश्वास लिएका छौँ”, गुरुङले भने ।
बन्दीपुर –५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध पुर्याउन राजमार्ग पुग्न सहज भएको बताए । पहिले पानी पर्दा सडक हिलाम्मे भएर यात्रा गर्न निकै समस्या हुने गरेकामा सडक स्तरोन्नतिसँगै त्यो समस्या समाधान भएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु एक करोड तीन लाख ३५ हजार बराबरको बजेटमा नयाँ सहर आयोजनाअन्तर्गत यो सडक स्तरोन्नति गरिएको हो । सडक सात मिटर फराकिलो गरी आरसिसी ढलान र नाली निर्माण गरिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा अप्ठेरो मानिएको सडक क्षेत्रको चार सय ५० मिटर ढलान गरिएको उनले बताए ।
कार्यालयका अनुसार उक्त खण्डमा गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र दुई सय मिटर ढलान, तीन किमी सडक ग्राभेल भइसकेको छ । चालु आवको कामअन्तर्गत राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले आगामी जेठ २० गतेभित्र सक्नुपर्ने योजनाको काम चैत मसान्तभित्रै सम्पन्न गरेको नयाँ सहर आयोजनाका इञ्जिनीयर शान्ति शर्माले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सडकको प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरी बन्दीपुर गाउँपालिका—४ देखि बाहुनभञ्ज्याङ हुँदै पर्यटकीय गाउँ धरमपानी जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको बताए । रासस

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया