बुढानिलकण्ठमा सम्यक स्कूल सञ्चालनमा, गुणस्तरीय शिक्षाका लागि नयाँ विकल्प

काठमाडौँ- बुढानिलकण्ठ नगरपालिका–८, मङ्गल सुन्दरटारमा सम्यक स्कूल नामक नयाँ स्कूल सञ्चालनमा आएको छ। करिब १५ रोपनी जग्गामा फैलिएको यो स्कूलले बालबालिकालाई सर्वाङ्गीण शिक्षा दिने उद्देश्य राखेको छ।
यो स्कूलमा काठमाडौंका चर्चित स्कुल र कलेजमा काम गरिसकेका अनुभवी शिक्षकहरूको टोली छ। प्रिन्सिपलमा काठमाडौं वर्ल्ड स्कूलमा लामो समय काम गरेका पूर्ण श्रेष्ठ हुन् । स्कूलको सञ्चालनमा विभिन्न पेसामा ख्याती कमाएका युवा व्यवसायीहरू पनि संलग्न छन्। “अब राम्रो पढाइको लागि बालबालिका बाहिर जान नपरोस् भन्ने सोचले यो स्कूल खोलेका हौं” स्कूलका अध्यक्ष जनक थापाले भने ।
यो वर्ष प्ले ग्रुपदेखि कक्षा ५ सम्म पढाइ सुरु भइसकेको छ। अर्को वर्ष स्कुलको थप संरचना बनाएर कक्षा १२ सम्म विस्तार गर्ने योजना छ।
शान्त र हरियाली वातावरणमा रहेको स्कूलमा गुणस्तरीय शिक्षा, योग्य शिक्षक, खुला ठाउँ, र सुरक्षित भवन छन् । STEAM पद्धति (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) अनुसार राष्ट्रिय पाठ्यक्रमलाई पछ्याउँदै नयाँ तरिकाले जीवन उपयोगी शिक्षा दिइनेछ।
स्कूलले चैत्र ११ गतेदेखि भर्ना अभियान सुरु गरेको छ, र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको जानकारी स्कूल अपरेसन प्रमुख शंकर बिमलीले दिनुभयो।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_0GNp11ApvB_nmckuw9ydfsnrlkjafk85jbse4jnp1p9x2ct52yqqke86kvqrcdyvpya5k6f.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया