शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन २०८२ फागुनमा हुने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ फागुन ७–९ गते चितवनमा गर्ने निर्णय गरेको हो ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार जसका लागि २०८२ असोज भित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजनासमेत तय गरेको छ।

उनका तलबाट सुरू गरिएका अधिवेशनहरू सम्पन्न भएपछि फागुन ७–९ मा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।