६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

चितवन- भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन गरिएको छ ।
हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् ।
सो उद्घाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो सडक निर्माण शिलन्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उद्घाटन समारोहमा भने उपस्थित भएकी छिन् ।
ओली प्रधानमन्त्री हुँदा २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित थिइन् । त्यसबेला ओलीले व्यंग्य गर्दै भनेका थिए 'मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।'
१ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

प्रतिक्रिया