शिक्षकहरूको आन्दोलन अब बिहान ९ बजेदेखि १२ बजेसम्म

काठमाडौँ- नेपाल शिक्षक महासंघले आइतबार आन्दोलनको समय परिवर्तन गरेको छ । शनिबार बसेको बैठकपछि शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको हो ।
'हामीले जुलुस र विरोधको समय आइतबारका लागि परिर्वतन गरेका छौँ' महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने । उनका अनुसार आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
१८ दिनदेखि विभिन्न माग राखेर शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।
शिक्षक आन्दोलनले आइतबार कार्यालय जानेहरूलाई प्रभावित गर्नेछ ।

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

प्रतिक्रिया