सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान

रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरुले रक्तदान गरेका छन्। सशस्त्र प्रहरी बल रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए ।
उनका अनुसार उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीहरूको सहभागीता रहेको थियो । रौतहट स्थित सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिँदै आएको छ ।

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

संघीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भु भागमा पानी पर्ने

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

आफना माग ७२ घन्टामा पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको माग

प्रतिक्रिया