‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन्। अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले न्यून बजेट खर्चप्रति सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।
‘अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ। अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो। तर विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो’, उनले भने।
अर्थमन्त्री पौडेलले बेरुजु फछ्र्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।
बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गानाले आर्थिक तथा मौद्रिक परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिए।
अर्थसचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गरे।
राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताए। अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बैठकमा आगामी आर्थिक वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराए।

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोली

रघुजी पन्त शिक्षा मन्त्री बन्दै

प्रधानमन्त्री केपी ओलीले बर्खास्ती गरे ऊर्जा राज्यमन्त्री तामाङलाई

प्रधानमन्त्री ओलीसँग भारतीय विद्युतमन्त्रीको भेट

प्रतिक्रिया