सुनधारामा युवक कुट्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौँ- ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ। बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो।
ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ। ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

काठमाडौँ महानगरमा गल्ती गर्ने कसैलाई छुट छैनः मेयर शाह

पहिरोले मकालु र भोटखोलामा सडक अवरुद्ध

स्वास्थ्य मन्त्रालय जान खोजेका चिकित्सकसँग प्रहरीको धकेलाधकेल

भिक्षुले फोटोमा झल्काएका मुस्ताङको संस्कृति
जम्मु-कश्मीर आतंकवादी हमला : सुदीपको शव नेपाल ल्याइयो

सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्माले भनिन्- हिमालहरूमा जीवन छैन

प्रतिक्रिया