लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुने बताएका छन् । प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियाेगिता -२०८२ काे बिहिबार सातदाेबाटाेस्थित कराँते एकेडेमी हलमा उद्घाटन गर्नुहुँदै उनले खेल र खेलाडीका लागि पनि लाेकतन्त्र महत्वपूर्ण रहेकाे बताए
यल सिताेरियाे कराँते डाे मंगलबजारले प्रतियोगिता आयाेजना गरेकाे हाे । ` नयाँ पिँढीले लाेकतन्त्र भएमात्र खेलाडीकाे हित हुन्छ भन्ने बुझ्नुपर्छ । ०४६ सालभन्दा अगाडि मार्सलआर्ट सेना र प्रहरीले मात्र खेल्न पाउँथ्याे, नागरिकले पाउँदैनथिए,´ उनले भने ,`म आफू विद्यार्थी हुँदा इच्छा भएपनि खेल्न पाइँदैनथ्याे । नागरिकलाई प्रतिबन्धजस्तै थियाे ।´
उनले अहिले कतिपयले लाेकतन्त्र आएर के भयाे र ? भन्ने गरेकाे भन्दै सबैले आफ्नाे इच्छाअनुसारकाे खेल खेल्न पाउने अधिकार लाेकतन्त्र आएपछि सुरक्षित भएकाे बुझ्न आग्रह गरे । खेलले स्वस्थ नागरिक बनाउने र तत्काल निर्णय गर्ने क्षमताकाे विकास हुने भन्दै उनले आफ्नाे रूचीअनुसारकाे खेलमाासहभागि हुनु राम्राे हुने बताए । बिहीबारबाट शुरू भएकाे खेल तीन दिन सम्म चल्नेछ ।

क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ: मह…

‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’

गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाहरुले देश बनाउने सङ्कल्…

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

शिक्षा मन्त्रीको रुपमा पन्तको शपथ ग्रहण

'सरकारले निजी मेडिकल कलेजलाई सहयोग गर्दैन'

प्रतिक्रिया