अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन : चीन
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउनुभएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।
विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ ।
बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।
ट्रम्पले अनुचित व्यापार अभ्यासहरूको जवाफी कारबाही र साथै अमेरिकी उत्पादन क्षमता पुनःस्थापना गर्ने प्रयासका रूपमा उल्लेख गरेको भन्सार महसुलको यो आक्रमणले बजारहरूलाई हल्लाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ ।
बेइजिङले वार्ताहरू दैनिक रूपमा सञ्चालन भइरहेको ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ ।
“विदेशी आर्थिक र व्यापार सम्बन्धका लागि सक्षम विभागका रूपमा म यो कुरामा जोड दिन चाहन्छु कि हाल चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै आर्थिक र व्यापार वार्ता चलिरहेको छैन”, चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले पत्रकार सम्मेलनमा भने, “चीन–अमेरिका आर्थिक र व्यापार वार्ताको प्रगतिको बारेमा कुनै पनि दाबी आधारहीन छ र यसको कुनै तथ्यात्मक आधार छैन, चीनले संयुक्त राज्य अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, वार्ताका लागि आवश्यक इमानदारी देखाउन (र) समान संवाद र परामर्शको सही मार्गमा फर्कन आग्रह गर्दछ ।”
वासिङ्टनले बेइजिङसँग कुरा गरिरहेको छ कि भनेर सोध्दा ‘सबै कुरा सक्रिय छ’ भन्दै ट्रम्पले बुधबार पत्रकारहरूलाई आफ्नो देशले ‘चीनसँग निष्पक्ष सम्झौता’ गर्ने बताए ।
व्यापारमा चीनसँग अमेरिकाको प्रत्यक्ष सम्पर्क छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “हरेक दिन ।” (एएफपी)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x3qtEcT5ku_gs6wujgsqvjdvxvjtokjsembjo4xxonrss4yd8nic0ntli9fi45lctmfgfs8.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_XyGZele08t_ufwi1poxk0ekx6m8z0vjhr45kpf8w3j5mnxpauz1nuaupq00sxbkqj23gpac.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया