ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएको छ ।
गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए ।
ट्रम्पले भने, “उहाँलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरोे तर्फबाट भएको कमजोरीको सङ्केत हो।”
चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ ।
चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, “चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।”
वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ ।
“यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,” विज्ञप्तिमा भनिएको छ।
“यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।
ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ ।
ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताएका छन् ।
ट्रम्पले चीनतर्फ सङ्केत गर्दै टाइमसँग भने, “ “उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौ।” (एएफपी)

रुस र युक्रेन सम्झौताको निकै नजिक : ट्रम्प

अबको ५ वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दोब्बर, सबैभन्दा बढी पाकिस्तानी

आर्थिक मन्दीको जोखिमबीच रूसको प्रमुख ऋण लागत दर दुई दशकयताकै उच्च
रुस र इरानबीच नयाँ ग्यास सम्झौता

सुडानमा भएको पछिल्लो झडपप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

इरानलाई ट्रम्पको धम्की- आणविक सम्झौता नभए आक्रमणको नेतृत्व गर्छौँ
सी र ट्रम्पबीच करका विषयमा कुराकानी

प्रतिक्रिया