कांग्रेसबाट निर्वाचित पालिका अध्यक्षले दिए विद्यालय नआउने शिक्षकलाई राजीनामा दिन वा सरूवा जान निर्देशन

काठमाडौँ- देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न माग राखेर आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच वार्ता भएपनि निष्कर्षविहीन हुँदै आएको छ ।
विद्यालय सञ्चालनमा असर गरेको भन्दै गुल्मीको कालिगण्डकी गाउँपालिकाले आफ्नो पालिकाका शिक्षकहरूलाई बैशाख १४ गतेदेखि अनिवार्य विद्यालय उपस्थित हुन् निर्देशन दिएको छ ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाको हस्ताक्षरमा जारी सूचनामा विद्यालयमा उपस्थित भएर विद्यालय सञ्चालन नगर्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा दिन वा सरुवा भएर अन्यत्र जान निर्देशन दिएका छन् ।
त्यस्तै गाउँपालिकाको निर्देशनको अवज्ञा गर्ने विद्यालयका शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने सूचनामा लेखिएको छ ।
कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा बेदबहादुर थापाको यो दोस्रो कार्यकाल हो । नेकपा एमालेका रामजी ढकाललाई हराउँदै नेपाली कांग्रेसबाट थापा निर्वाचित भएका थिए । कांग्रेसका थापाले ४८१० मत प्राप्त गरी विजयी विजयी भएका थिए भने एमालेका ढकालले ४६७७ मत प्राप्त गरेर पराजित भएका थिए ।

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

प्रतिक्रिया