‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

काठमाडौँ- बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ । साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजका मोटरसाइकलहरु ग्राहकहरुलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवशर प्रदान गर्दछ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया